परिचय
क्षेत्रीय अध्ययन केन्द्रको परिचय
मध्यपश्चिम
क्षेत्रको स्थानीय निकायहरूमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न
र छिमेकी नगरपालिका गैर सरकारी संघ स्थाहरु गा.वि.स. र अन्य स्थानीय निकायका
लागि काम गर्ने लाईन एजेन्सीहरुले समेत उपभोग गर्न सक्ने क्षेत्रीय स्तरको
तालिम केन्द्रको रूपमा नेपालगंज नगरपालिकाले क्षेत्रीय अध्ययन केन्द्र
Regional Learning Center को स्थापना गरेको हो । यसको लागि नेपाल सरकार
udle/gtz र Rupp को सहयोग रहेको छ ।
नेपालगंज नगरपालिकाले नगरको विकास योजना तर्जुमा र कार्यान्वयनका लागि
स्थानीय समुदाय तथा संघसस्थाका कर्मचारीहरूलाई विभिन्न किसिमका तालिम,
अनुशिक्षण कार्यशाला गोष्ठी सेमिनार जस्ता कार्यक्रमको माध्यमबाट सहभागी
गराउन तथा नगरपालिकाको व्यवस्थापकिय संयन्त्रलाई समेत सहयोग पुर्याउनको
निमित्त नगरपालिकामा एउटा क्षेत्रीय अध्ययन केन्द्रको आवश्यकता महशुस गरी
यस मध्यपश्चिम विकास क्षेत्रका नगरपालिकाहरू र विभिन्न सरकारी एवं गैरसरकारी
संघसस्थाहरुले समेत उपयोग गर्न सक्ने अवधारणामा आधारित भै दीर्घकालीने
रूपमा क्षेत्रीय स्तरमा संचालन हुने गरी क्षेत्रिय अध्ययन केन्द्रको स्थापना
गरिएको छ ।
अध्ययन केन्द्रको उद्देश्य
-
नगरपालिकाका
कर्मचारीहरूलाई नगरपालिकाको आवश्यकता अनुरूप विभिन्न तालिमहरू उपलब्ध
गराई माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्नु -
स्थानीय निकायहरूका अनुभवहरूलाई आदान प्रदान गर्ने एक क्षेत्रीय थलोको रूपमा विकास गर्नु ।
-
धरान नगरपालिकाले विगतमा आर्जन गरेका व्यवस्थापकिय तथा प्राविधिक अनुभवहरूलाई क्रमस संस्थागत गरी अन्य स्थानीय निकाय (नगरपालिका तथा गा.वि.स) मा अनुभवहरूको आदान प्रदान गर्ने
-
पूर्वाञ्चलमा क्षेत्रीय स्तरको तालिम केन्द्रको रूपमा विकास गर्नु ।
