परिचय
क्षेत्रीय अध्ययन केन्द्रको परिचय
नगरपालिकाहरूको
काम कार्यवाही तथा जिम्मेवारीमा आएको व्यापकताको साथमा ती जिम्मेवारी पुरा
गर्ने सन्दर्भमा नगरपालिकाहरूबाट भए गरेका अनुभवहरूको आदान प्रदान गरी
सेवामा गुणस्तरियता वृद्धि गर्दै जानु पर्ने तथा सो कार्यका लागि एक छुट्टै
निकायको आवश्यकता महसुस गरी स्थानीय विकास मन्त्रालय तथा udle/gtz लगायतका
निकायहरूको आर्थिक तथा प्राविधिक सहयोगमा २०६२ सालमा यस नगरपालिका क्षेत्रीय
अध्ययन केन्द्र हेटौंडा स्थापना भई संचालनमा रहेको छ ।
अध्ययन केन्द्रको उद्देश्य
-
नगरपालिकाका
कर्मचारीहरूलाई नगरपालिकाको आवश्यकता अनुरूप विभिन्न तालिमहरू उपलब्ध
गराई माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्नु -
स्थानीय निकायहरूका अनुभवहरूलाई आदान प्रदान गर्ने एक क्षेत्रीय थलोको रूपमा विकास गर्नु ।
-
आबद्ध नगरपालिकाले आर्जन गरेका व्यवस्थापकिय तथा प्राविधिक अनुभवहरूलाई क्रमस संस्थागत गरी एक अर्कामा अनुभवहरूको आदान प्रदान गर्ने
-
क्षेत्रीय स्तरमा नगरपालिका क्षेत्रीय तालिम केन्द्रको रूपमा विकास गर्नु ।
अध्ययन केन्द्रको आवश्यकता
-
नगरपालिकाहरूको
परम्परागत कार्य शैलीमा परिवर्तन -
नगरपालिकाहरूको काम, कर्तव्य र अधिकारको क्षेत्रमा व्यापकता
-
भौगोलिक, आर्थिक, प्राविधिक तथा मानव श्रोत साधनमा विविधता विच पनि नविनतम प्रयास तथा नमुना लायक सफलताहरू हासिल गर्न सफल
-
अनुभवहरूको आदान प्रदानको माध्यमबाट सिक्ने र सिकाउने, कम लागतमा पनि अधिकतम लाभको संभावना
-
केन्द्र सरकार तथा दातृनिकायहरुबाट उपलब्ध गराइने प्राविधिक तथा वित्तीय श्रोत साधनमा क्रमश: कटौती एवं बन्दको संभावना
-
श्रोत साधनको दृष्टिकोणले साना नगरपालिकाहरू पनि लाभान्वित हुन सक्ने प्रबल संभावना
-
केन्द्र सरकार, दातृ निकाय, सम्बद्ध व्यावसायिक निकायका साथै स्थानीयस्तरमा रहेको व्यावसायिक क्षमता तथा साधन श्रोतको अधिकतम उपयोगको संभावना
-
समान प्रकृतिका बाह्य प्रयासहरू
