| नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रको वार्षिक समीक्षा एवं वार्षिक साधारण सभा सम्पन्न
|
| 2068.03.03 |
| नगरपालिका क्षेत्रीय अध्ययन केन्द्र मध्य क्षेत्र हेटौडाको आ.व.२०६७।०६८को यस अवधिको वार्षिक समीक्षा तथा आगामी वर्षको लागि योजना तर्जुमा सहित वार्षिक साधारण सभा सम्पन्न भएको छ । हालै हेटौडामा सम्पन्न सो कार्यक्रममा गत वर्ष सम्पन्न भएका कार्यक्रमहरूको उपलब्धि मापन सहित समीक्षा भएको थियो भने आगामी वर्षको लागि आबद्ध सबै नगरपालिकाहरूको समेत लागत सहभागिता रहने साथै कार्यक्रममा व्यवस्थापन जिम्मेवारी समेत गरी मागमा आधारित कार्यक्रमहरू तर्जुमा गरिएका छन् । समीक्षा कार्यक्रममा उपस्थित आबद्ध १० वटा नगरपालिकाका केन्द्रका लागि सम्पर्क व्यक्ति तथा प्रमुख एवं कार्यकारी अधिकृतहरूले नगरपालिका क्षेत्रीय अध्ययन केन्द्र नगरपालिकाहरूको संस्थागत क्षमता विकासको माध्यमबाट नगरपालिकाहरूको सेवा प्रवाह प्रणालीलाई जनमैत्री र प्रभावकारी बनाई सुशासन प्रवर्धन गर्ने तर्फ लक्षित भइरहेको साझा संजाल भएकोले यसको विकास र दिगोपनाको लागि सबै आबद्ध नगरपालिकाहरूको आर्थिक, भौतिक, नैतिक सबै प्रकारको जिम्मेवारी रहेकोमा जोड दिएका थिए । कार्यक्रमको उद्घाटन सत्रमा हेटौडा नगरपालिकाका दलीय संयन्त्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने GIZ का सिनियर कार्यक्रम अधिकृत श्री अरुण प्रसाद श्रेष्ठ र डा. वील्मा मोहरको सरोकारवाला सहयोगी संस्थाको प्रतिनिधिको रूपमा सहभागीता रहेको थियो ।
|
|