परिचय
क्षेत्रीय अध्ययन केन्द्रको परिचय
मानवीय संसाधन
विकासका लागि पूर्वाञ्चल क्षेत्रका स्थानीय निकायहरुमा आवस्यक पर्ने दक्ष
जनशक्ति यसै क्षेत्रमा उत्पादन गर्न धरान नगरपालिकाले धरानलाई केन्द्र
बनाई पूर्वाञ्चल क्षेत्रका छिमेकी नगरपालिका र गा.वि.स हरु तथा अन्य स्थानीय
निकायका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले समेत उपयोग गर्न
सक्ने गरी क्षेत्रीय स्तरको तालिम केन्द्रको स्थापना गरेको छ । जसको स्थापनामा
श्री ५ को सरकार तथा udle/gtz को पनि आर्थिक तथा भौतीक सहयोग प्राप्त भएको
छ । अध्ययन केन्द्रको उद्देश्य
नगरपालिकाका
कर्मचारीहरुलाई नगरपालिकाको आवश्यकता अनुरुप विभिन्न तालिमहरु उपलव्ध
गराई माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्नु
- स्थानीय निकायहरुका अनुभवहरुलाई आदान प्रदान गर्ने एक क्षेत्रीय थलोको रुपमा विकास गर्नु ।
- धरान नगरपालिकाले विगतमा आर्जन गरेका व्यवस्थापकिय तथा प्राविधिक अनुभवहरुलाई क्रमस संस्थागत गरी अन्य स्थानीय निकाय (नगरपालिका तथा गा.वि.स) मा अनुभवहरुको आदान प्रदान गर्ने
- पूर्वाञ्चलमा क्षत्रीय स्तरको तालिम केन्द्रको रुपमा विकास गर्नु
।
अध्ययन केन्द्रको आवश्यकता
- विभिन्न क्षेत्रमा छरिएर रहेको थुप्रै मानव श्रोत साधनलाइ अन्तर सम्वन्ध द्धारा नगरपालिकामा संयोजन गर्न
- विकासका परियोजनाहरुमा आवस्यकता पर्ने वास्तविक मानव स्रोत साधनलाई दिशा निर्देशन गर्ने छ ।
- नगरपालिकालाई आवश्यकता पर्ने मानव संसाधन विकासमा प्रत्यक्ष योगदान गर्न ।
- यस क्षेत्रका स्थानीय निकाय तथा सरकारी गैरसरकारी संस्थाहरु समेत लाभान्वित हुने गरी एउटा अध्ययन केन्द्रको स्थापना गर्न आवश्यकता देखिएको हुदां र तथ्याङ्ङ्कमा आधारीत योजना तर्जुमा र अनुसन्धान पद्धति बास्तवीकतामा आधारीत बनाउन समेत सहयोग पुर्याउन क्षेत्रीय अध्यनन केन्द्रको आवश्यकता महसुस भएको हो
