| Professional Writing तालिम सम्पन्न (ईलाम)
|
| 2067.02.21 |
यहि मिति 2067.0219-21 गते ईलाम नगरपालिकामा यस पूर्वाञ्चल क्षेत्रीय नगरपालिका अध्यनन केन्द्र (ERMLC) का सम्पर्क व्यक्तिहरुको लागि ३ दिने Professional Writing विषयक तालिम कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा पूर्वाञ्चलका ईलाम, मेचीनगर, भद्रपुर, दमक, खादवारी, धनकुटा, धरान, ईटहरी, ईनरुवा, विराटनगर र लाहान नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो भने श्रोत व्यक्तिको रुपमा नारी विकास सघ, ईलामका धर्म गौतम रहनु भएको थियो ।
उक्त तालिम कार्यक्रमलाई DED नेपालले सहयोग गरेको थियो भने व्यवस्थापन ERMLC ले गरेको थियो । |
|
|