| क्षमता विकास योजना तर्जुमा अभिमुखिकरण कार्यक्रमको Follow-up Workshop सम्पन्न
|
| 2066.12.22 |
यहि मिति 2066 चैत्र 22 गते आईतवारका दिन DED, Nepal को सहयोग तथा EMRLC, Dharan को आयोजनामा गैरसार तालिम केन्द्र ईटहरीमा क्षमता विकास योजना तर्जुमा अभिमुखिकरण कार्यक्रमको Followup Workshop कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाहरुले समयमै क्षमता विकास कार्यक्रम तयार गरी मन्त्रालयमा पेश गरी सक्नु पर्ने अवस्थामा नगरपालिकाहरुले तयारीको चरणमा रहेको क्षमता विकास योजनालाई छलफलबाट अझ बढी परिस्कृत गर्न सहयोग पुराउने उद्देश्य राखी पूर्वाञ्चलका नगरपालिकाहरुको क्षमता विकास योजनाका सम्पर्क व्यक्ति तथा सेवा प्रदायकहरुको लागि यो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सहकर्ताको रुपमा प्रेम दवाडी रहनु भएको थियो भने LGCDP का Cluster Coordinator महेश नेपाल, udle/GTZ का अरुण श्रेष्ठ तथा ईश्वर जोशी सहित 11 नगरपालिकाका 26 जनाको सहभागिता रहेको थियो । |
|
|