नगरपालिकाको श्रोत परिचालन तथा ब्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न
2066.11.20
नगरपालिकाको श्रोत परिचालन तथा ब्यवस्थापन विषयक 2 दिने कार्यशाला गोष्ठि यहि मिति 2066 फागुन 19 र 20 गते अध्ययन केन्द्र धरानमा सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्वाञ्चलका 9 वटा नगरपालिकाका 18 जना कर्मचारीहरुका सहभागिता रहेको थियो भने धरान कार्यक्रमको पहिलो दिनमा राजश्व परामर्श समिति धरानका र धरान नगरपालिकाका राजनैतिक सयन्त्रका प्रतिनिधज्यूहरुको पनि पहिलो दिनको कार्यक्रमा उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा श्रोत व्यक्तिको रुपमा udle/GTZ का बरिष्ठ कार्यक्रम अधिकृत श्री मनीराम सिह महत रहनु भएको थियो भने स्थानीय विकास मन्त्रालयका श्री चक्रपाणी शर्माज्यूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।