| क्षमता विकास योजना तर्जुमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
|
| 2066.11.11 |
नगरपालिकाहरुको क्षमता विकास योजना तर्जुमा कार्यमा सहयोग पुर्याउने मुख्य उद्देश्य रहेको 2 दिने क्षमता विकास योजना तर्जुमा अभिमुखिकरण कार्यक्रम यस क्षेत्रीय अध्ययन केन्द्रका सयोजक राजेन्द्रकुमार पौडेलज्यूको अध्यक्षतामा यहि 2066 फागुन 9 र 10 गते सम्पन्न भएको छ ।
LGCDP कार्यक्रम समन्वय इकाइको आयोजना, udle/GTZ को सहयोग र यस अध्ययन केन्द्रको व्यवस्थापनमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्वाञ्चलका नगरपालिकाहरुका क्षमता विकास सम्बन्धी सम्पर्क व्यक्ति, सेवा प्रदायक (Service Provider) लगायत 34 जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा श्रोत व्यक्ति COMAT मा प्रेम ढवाडी रहनु भएको थियो भने, LGCDP, विराटनगरका Cluster Co-coordinator महेश नेपाल, udle/GTZ का ईश्वर जोशी र अरुण श्रेष्ठको पनि उपस्थिति रहेको थियो । |
|
|