सम्पर्क व्यक्तिहरुको Follow-Up कार्यशाला गोष्ठि सम्पन्न
2066.08.19
यहि मिति २०६६।०८।१८ र १९ गते ईटहरी नगरपालिकाको गौरसार तालिम केन्द्र (IPRC) मा २ दिने Follow-Up कार्यशाला गोष्ठि सम्पन्न भएको छ । उक्त गोष्ठिमा यस क्षेत्रीय अध्ययन केन्द्रका सम्पर्क व्यक्ति (Focal Person) हरुको उपस्थिति रहेको थियो।
पूर्वाञ्चलका ९ वटा नगरपालिकाका सम्पर्क व्यक्तिहरु लगायत जर्मन विकास सेवा (DED) प्राविधिक सल्लाहकार युडिथ फिलिप्सन तथा IPRC ईटहरीका श्रोत व्यक्ति सुमन पोख्रेलको समेतको उपस्थितिमा उक्त गोष्ठि सम्पन्न भएको थियो ।
२०६६ असोज २७ र २८ गते धनकुटामा भएको बार्षिक कार्ययोजना तर्जुमा तथा अभिमुखीकरण कार्यशाला गोष्ठिमा यस केन्द्र सग आवद्ध पूर्वाञ्चलका नगरपालिकाहरुका कार्यकारी अधिकृतज्यूहरु र सम्पर्क व्यक्तिहरुको उपस्थितिमा Task Force को गठन गरी सम्पर्क व्यक्तिहरुको फलोअप गोष्ठिबाट कार्यक्रमहरुको पहिचान गर्ने तथा सचादलन निर्देशिका समेत परिमार्जनका लागि Task Force लाई सुझाव दिने र Task Force लाई अन्तिम निर्णय गर्ने निर्णय गरिएको थियो ।
पहिलो दिनमा विभिन्न समूह छलफल पश्चात केन्द्रले सम्पादन गर्नु पर्ने १३ वटा सस्थागत कार्यहरुको पहिचान गरियो भने सन् २०१० का लागि १५ वटा कार्यक्रमहरुको पहिचान गरियो । त्यस्तै दोश्रो दिन केन्द्र सचालन निर्देशिकालाई अझ सरल र आवद्ध नगरपालिकाहरुमा समेत अपनत्वको विकास हुने गरी बृहत रुपमा गरी परिमार्जनका लागि सिफारिस गरियो ।