कार्ययोजना तर्जुमा तथा अभिमुखिकरण विषयक गोष्ठि सम्पन्न
2066.06.29
यहि मिति 2066 असोज 27 र 28 गते धनकुटा नगरपालिका कार्यालयमा यस पूर्वाञ्चल क्षेत्रीय नगरपालिका अध्ययन केन्द्रको 2 दिने बार्षिक कार्ययोजना तर्जुमा तथा अभिमुखिकरण विषयक गोष्ठि सम्पन्न भयो ।
उक्त कार्यक्रममा पूर्वाञ्चलका 12 वटा नगरपालिका कार्यकारी अधिकृत तथा फोकल पर्सनहरुको सहभागिता रहेको थियो भने MLD बाट चक्रपाणि शर्मा र DED बाट फेडरिका बुर्खटको पनि सहभागिता रहेको थियो । DED बाट यसै बर्ष देखि ERMLC का लागि आउनु भएको Technical Assistant, Judith Pflipsen ले आफ्नो परिचय प्रस्तुत गर्नु भएको थियो भने, आगामी दिनका लागि विभिन्न कार्य क्षेत्रहरुको छनोट कार्यक्रमका सहभागिहरुबाट भएको थियो । त्यस्तै MLD का प्रतिनिधीबाट LGCDP को बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।