शहरी गरिवी न्यूनीकरण कार्यक्रम अन्तरत नगरपालिकाहरुमा संचालित चक्रिय कोष संचालक समितिका सदस्यहरुलाई लक्षित गरी लघु ऋण तथा बचत विषयक 5 दिने तालिम कार्यक्रम यहि मिति 2065 असोज 6 गते देखि 10 गते सम्म यस क्षेत्रीय अध्ययन केन्द्र, धरानमा सम्पन्न भयो । उक्त कार्यक्रममा भद्रपुर, विराटनगर र धरान नगरपालिकाका चक्रिय कोष संचालक समिति तथा शहरी गरिवी न्यूनीकरण कार्यक्रम संग आवद्ध नगरपालिकाका कर्मचारी गरी 23 जनाको सहभागिता रहेको थियो । कार्यक्रमको लागि सहयोग udle/GTZ को रहेको थियो । यस कार्यक्रममा मुख्य श्रोत व्यक्तिको रुपमा मुकेश मल्ल रहनु भएको थियो ।