| एकिकृत सम्पत्तीकर सम्बन्धी अनुभव आदानप्रदान गोष्ठि सम्पन्न
|
| 2065.02.25 |
यहि मिति २०६५.०२.२३ र २४ गते एकिकृत सम्पत्तीकर सम्बन्धी अनुभव आदानप्रदान विषयक २ दिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा ईलाम, मेचीनगर, भद्रपुर, दमक, खादवारी, धरान, ईटहरी, ईनरुवा, विराटनगर, सिराह, लाहान, राजविराज नगरपालिका गरी १२ नगरपालिकाका २५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको लागि सहयोग udle/GTZ को रहेको थियो ।
कार्यक्रमको पहिला दिन खगेन्द्र प्रसाद खतिवडाले एकिकृत सम्बन्धी सम्बन्धी अवधारणा प्रस्तुत गर्नु भएको थियो र सहभागि नगरपालिकाहरुले एकिकृत सम्पत्तीकर सम्बन्धी आफ्नो वस्तुगत स्थितिकाका वारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
त्यस्तै दोश्रो दिन एकिकृत सम्पत्ती सम्बन्धमा आआफ्नो नगरपालिकाले भोगेका समस्याहरु र तिनका समाधानका बारेमा छलफल तथा प्रस्तुतीकरण भएको थियो भने खगेन्द्र प्रसाद खतिवडाले ती समस्याहरु तथा समाधानका उपयाहरुलाई समस्टिगत रुपमा प्रस्तुत गर्नु भएको थियो । |
|
|