अर्ध वार्षिक समीक्षा कार्यक्रम तथा विदाई कार्यक्रम सम्पन्न
2068.08.02
यही मिति 2068 मसिर 2 गते यस केन्द्रको निर्देशक समितिको अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम यस केन्द्रका संयोजक तथा धरान नगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो भने अन्य 9 वटा नगरपालिकाका कार्यकारी अधिकृतज्यूहरू, 9 जना सम्पर्क व्यक्तिहरूका साथै TA/GIZ Judith Pflipsen तथा GIZ/SUNAG का Coordinator Dr. Teresa Kerber को पनिको उपस्थिति रहेको थियो भने कार्यक्रममा शिव चाम्लिङले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा यस केन्द्रका सन् 2010 र 2011 का प्रगति विवरण सदस्य सचिव भक्तिराज शर्माले प्रस्तुत गर्नु भएको थियो भने आफ्नो अढाई वर्षे कार्यकालको अनुभव तथा सुझावहरू TA/GIZ Judith Pflipsen ले राख्नु भएको थियो भने कार्यक्रमको अघिल्लो सत्रमा सम्पर्क व्यक्तिहरूबाट संकलन गरिएको सुझावहरू तथा कार्यक्रमहरूलाई समितिमा राखी वृहत् छलफल पश्चात प्राथमिकता निर्धारण सहित वार्षिक कार्यक्रमहरु निर्णय गरिएको थियो ।
अढाई वर्ष देखी तत्कालीन DED बाट यस केन्द्रमा प्राविधिक सल्लाहकारको रूपमा आउनु भएको Judith Pflipsen को केन्द्रका तर्फबाट औपचारिक बिदाइ यसै कार्यक्रमको अन्त्यमा गरिएको थियो । केन्द्रका संयोजक तथा धरान नगरपालिकाका कार्यकारी अधिकृतज्यूबाट मायाको चिनो प्रदान गरिएको थियो भने निर्देशक समितिका सदस्यको तर्फबाट विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामधीन यादवज्यूबाट Certificate of Appreciation प्रदान गरिएको थियो । कार्यक्रममा निर्देशक समितिबाट वहाँको कामको प्रशंसा तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरिएको थियो ।