धरान   |  हेटौडा   |  वुटवल   |  नेपालगञ्ज   |  धनगढी

परिचय

क्षेत्रीय अध्ययन केन्द्रको परिचय

मानवीय संसाधन विकासका लागि पश्चिमाञ्चल क्षेत्रका स्थानीय निकायहरूमा आवश्यक पर्ने दक्ष जनशक्ति यसै क्षेत्रमा उत्पादन गर्न बुटवल नगरपालिकाले बुटवललाई केन्द्र विन्दु बनाई पश्चिमाञ्चल क्षेत्रका नगरपालिकाहरू तथा स्थानीय निकायका विभिन्न सरकारी तथा गैर सरकारी संघ स‍स्थाहरुले समेत उपयोग गर्न सक्ने गरी बुटवल नगरपालिकाले क्षेत्रीय अध्ययन केन्द्रको स्थापन गरेको छ । जसको स्थापनामा udle/GTZ तथा RUPP को पनि आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ ।



अध्ययन केन्द्रको उद्देश्य

  • नगरपालिकाका कर्मचारीहरूलाई नगरपालिकाको आवश्यकता अनुरूप विभिन्न तालिमहरू उपलब्ध गराई आवश्यकता अनुसारको जनशक्तिको क्षमता अभिवृद्धि गर्न स्थानीय निकायहरूका अनुभवहरूलाई आदान प्रदान गर्ने एक क्षेत्रीय अध्ययन थलोको रूपमा विकास गर्नु ।

  • बुटवल नगरपालिकाले विगतमा आर्जन गरेको व्यवस्थापिकय तथा प्राविधिक अनुभवहरूलाई क्रमश संस्थागत गरी अन्य स्थानीय निकायहरूमा अनुभवहरूको आदान प्रदान गर्ने ।

  • पश्चिमाञ्चलका नगरपालिकाका कर्मचारीको क्षमता अभिवृद्धिका लागि एक नमुनाको रूपमा क्षेत्रीय स्तरको तालिम केन्द्रको रूपमा विकास गर्नु ।

अध्ययन केन्द्रको आवश्यकता

  • विभिन्न क्षेत्रमा छरिएर रहेको थुप्रै मानव श्रोत साधनलाई अन्तर सम्बन्धद्वारा नगरपालिकामा संयोजन गर्न

  • विकासका परियोजनाहरूमा आवश्यकता पर्ने वास्तविक मानव स्रोत साधनलाई दिशा निर्देशन गर्ने ।

  • नगरपालिकालाई आवश्यकता पर्ने मानव संसाधन विकासमा प्रत्यक्ष योगदान गर्न ।

  • यस क्षेत्रका स्थानीय निकाय तथा सरकारी गैरसरकारी संस्थाहरू समेत लाभान्वित हुने गरी एउटा अध्ययन केन्द्रको स्थापना गर्न आवश्यकता देखिएको हुँदा र तथ्याङ्कमा आधारित योजना तर्जुमा र अनुसन्धान पद्धति वास्तविकतामा आधारित बनाउन समेत सहयोग पुर्‍याउन क्षेत्रीय अध्ययन केन्द्रको आवश्यकता महसुस भएको हो