| नगरपालिकाको सेवा प्रवाहमा सकारात्मक सोचको भूमिका तालिम कार्यक्रम सम्पन्न
|
| 2066.11.23 |
मिति २०६६ फागुन १९ देखि २३ गते सम्म पश्चिमाञ्चल क्षेत्रीय अध्ययन केन्द्र बुटवल सँग आबद्ध नगरपालिकामा कार्यरत कर्मचारीको सेवा प्रवाहकव सोचाइमा परिवर्तन गरी सकारात्म सोचका हिसाबले काम गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्य तथा कर्मचारीको भावना, विचार र दृष्टिकोणमा सकारात्मक विकास गर्नुका साथै क्षेत्रीय स्तरको अनुभवको आदान प्रदान हुने कार्यक्रमको उद्देश्य रहेको थियो ।
अध्ययन केन्द्रको भवन बुटवलको सभा कक्षमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन कार्यक्रममा बुटवल नगरपालिकाका प्रमुख एव कार्यकारी अधिकृत श्री नारायण प्रसाद वडारीज्यूले अध्यक्षता गर्नु भएको र वरिष्ठ अधिकृत भुवा प्रसाद लाइटेलज्यूले स्वागत मन्तव्य र कार्यक्रमको सहजकर्ताको भूमिका प्रशंसनीय दृष्टिकोण राष्ट्रिय नेटवर्कका अध्यक्ष श्री रामबहादुर रावतज्यूले गर्नु भएको थियो । सो कार्यक्रममा बुटवल नगरपालिकाका शाखा अधकृत दामोदर ज्ञवालीले सचालकको भूमिका निर्वाह गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न नगरपालिकाका २७ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
५ दिने तालिम कार्यक्रमको समापन समारोह बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत श्री विष्णुप्रसाद खनालज्यूले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रम सचालन ठगिश्वर पोख्रेलले गर्नु भएको थियो । कार्यक्रमको औचित्य र क्षेत्रीय अध्ययन केन्द्रका आगामी कार्यक्रम तथा सम्पूर्ण व्यस्थापनको विषयमा शाखा अधिकृत दामोदर ज्ञवालीले प्रकास पार्नु भएको थियो । सहभागिहरुको तर्फबाट सिद्धार्थनगर नगरपालिकाका श्री केशव प्रसाद पोडेल र वालिङ्ग नगरपालिकाका श्री पार्वती अर्यालले क्षेत्रीय अध्ययन केन्द्रले नियमित रुपमा यस्ता कार्यक्रमको आयोजना गर्नु पर्ने तथा यस तालिमको पुनर्ताजगीका लागि अन्य स्थानमा ५, ६ महिना पछि तालिमको आयोजना गरेमा सहभागीबाट आएका प्रतिवद्धता पुरा गर्न मद्दत पुग्ने वताउनु भयो । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै श्री खनालले यस अध्ययन केन्द्रलाई सवै सदस्य नगरपालिकाहरुले आफ्नो भन्ने धारणा राख्दै यसको उद्देश्य अनुसारका कार्यक्रम सचालन गर्न सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । प्रशिक्षक श्री रावतले सकारात्मक सोचाईबाट कार्य शुरु गरेमा पुरा गर्न सहज हुने र अरुको राम्रो कार्यको प्रशंसा गर्दै व्यावहारमा परिवर्तन गर्न सके सफलता आफ्नै हातमा हुने धारणा राख्नु भएको थियो । औपचारिक कार्यक्रमको समापन पश्चात् सिद्धार्थ नगर नगरपालिकाको विभिन्न शाखाहरूको अवलोकन गरी जानकारी हासिल तथा अनुभव आदान प्रदान गर्ने कार्य सम्पन्न गरियो ।
|
|
|